Jajarkot > Home > NEWS AND EVENT >

NEWS AND EVENT

वर्तमान खाद्य सुरक्षाको अवस्थाको विश्लेशण तथा पूर्वानुमान (मंसिर – फागुन २०७०)

यस अनुगमन अवधिमा जिल्लाका १२ गा.वि.स.हरु (रामीडांडा रग्दा, भगवति, नायकबाडा, पैंक, गर्खाकोट, मजकोट, कोर्ताङ, दह, अर्छानी, रोकायगाउँ, पजारु) मध्यम स्तरिय खाद्य असुरक्षित अवस्थामा रहेका छन् भने अन्य १८ गा. वि. स. हरु न्युनतम खाद्य असुरक्षित अवस्थामा छन् । 

आगामी चार महिनाको अवधिमा जिल्लाका (१६) गा. वि. स. हरुः लहँ, सिमा, जुगाँथापाचौर, डाँडागाउँ, पजारु, ढिमे, गर्खाकोट, सक्ला, खगेनकोट, रग्दा, भगवती, टालेगाउँ, पैंक, अर्छानी, साल्मा, थालारैकर मध्यम स्तरिय खाद्य असुरक्षित अवस्थामा रहन सक्ने पुर्वानुमान गरिन्छ जसको मुख्य कारण यी गा.वि.स.हरुमा असिना परि लगाएको जौं, गहुँ, र तरकारी बालीमा व्यापक क्षति भएको भन्ने हो । यद्यपी असिनाबाट भएको क्षतिको विस्तृत विवरण भने पूर्ण रुपमा आउन बाँकी छ ।

अन्य बाँकी १४ गा.वि.स.हरु  भने हिउदे बालीको उत्पादन आउने भएको हुदाँ न्यूनतम खाद्य असुरक्षित अवस्थामा (सामान्यतया खाद्य सुरक्षीत) रहन सक्ने पूर्वानुमान गरियो । 

District Food Security Map

Archive Map